५ जना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर १८,काठमाडौ।
आज देशभरबाट कोरोना संक्रमित भइ उपचाररत ५ जनाको मृत्यु भएको छ। देशका विभिन्न अस्पतालमा एकैदिन ५ जना संक्रमितहरुको ज्यान गएको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले कोरोना सम्बन्धि नियमित गराउने अद्यावधिक जानकारी अनुसार यसो बताएको हो। योसंगै कुल मृतक संख्या ११ हजार ५ सय ४० पुगेको छ।
साथै अझै देशभर ६ हजार ७ सय ४४ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका मन्त्रालयले जनाएको छ। आज भएको ६ हजार ७ सय ९७ जनाको नमुना परिक्षण मध्ये २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो भने आजै ३ सय ९२ जना संक्रमण जितेर घर फर्केका हुन्। नेपालमा कुल संक्रमित संख्या ८ लाख २२ हजार ३ सय ९२ पुगेको छ भने संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४ हजार १ सय ८ रहेको मन्त्रालयले जनाएको हो।
नेपालमा निको हुने दर ९७ दशमलव ८ प्रतिशत छ भने विश्वको निको हुने दर ९० दशमलव २ प्रतिशत छ। कोरोनाका सक्रिय संक्रमितहरु विश्वमा नै जम्मा ७ दशमलव ८ प्रतिशत देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।