मङ्सिर १८, काठमाडौ।
अनलाईन प्रविधिबाट ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी सम्सी गाउँपालिका-६ घर भई हाल धनुषा जनकपुर मछलीबजार ठेगाना भएका १९ वर्षीय शेष फैसललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पीडितको एनआइसी एशिया बैंकको खाताबाट रकम कात्तिक ७ गते एक्कासी अन्यत्र ट्रान्सफर भएको थियो। ५० हजार २ सय रुपैयाँ रकम पीडितको बैंकको खाताबाट आफ्नो वालेट आइडि हुँदै सिटिजन बैंक लि. मा रहेको शेष फैजलको नामको खातामा रकम रकमान्तर भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उक्त ठगी कार्यमा संलग्न रहेका फैसललाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं एयरपोर्टबाट पक्राउ गरेको हो ।
उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाएको उक्त महाशाखाले जनाएको छ ।
प्रतिक्रिया