एजाज बने विश्व कै तेश्रो सबै विकेट लिने बलर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर १८,
न्युजिल्याण्डका बलर एजाज पटेल विश्व कै तेश्रो सबै विकेट लिने बलर बनेका छन्। टेस्ट क्रिकेट इतिहास मै सबै विकेट अर्थात १० विकेट लिने उनि तेश्रो बलर बनेका छन्। मुम्बईमा चलिरहेको भारत र न्युजिल्याण्ड बिचको दोश्रो टेस्टको दोश्रो दिन आज भारतले सबै विकेट गुमाउन पुगेको छ। भारतका १० वटै ब्याट्स्मेनलाई आउट गर्न सफल भएका छन् न्युजिल्याण्डका बलर एजाज पटेल। उनि ४७ ओभर ५ बल बलिङ्ग गर्दा २ दशमलव ५० को औषतमा ११९ रङ खर्चेका थिए। एजाजले १२ ओभर रङ बिहिन राखेका थिए।
उनि भन्दा पहिला इंग्ल्याण्डका जिम ल्याकर र भारतका अनिल कुम्बलेले मात्रै यो रेकर्ड आफ्नो नाम गराएका थिए।
सन् १९५ मा अस्ट्रेलिया बिरुद्ध इङ्ग्ल्याण्डका बलर जिम ल्याकरले ५३ रङ खर्चेर १० विकेट लिएका थिए। भारतका अनिल कुम्बलेले पाकिस्तान बिरुद्ध १० विकेट लिएर यो किर्तिमान पुरा गर्ने दोश्रो बलर हुन्। उनले सन् १९९९ फेब्रुवरी ७ तारिखमा पाकिस्तान बिरुद्ध सबै विकेट लिएका थिए।