मङ्सिर १८ , बारा।
परिचय पत्र नहुनेहरुलाई बारा जिल्लाको सीमा नाकाबाट प्रवेश गर्न निषेध गरिएको छ। कोरोनाको नयाँ भेरीएन्ट ओमिक्रोन पछिलो समय भारतमा समेत पुष्टि भएपछी सीमा नाकामा स्वास्थ्य सुरक्षामा कडाई अपनाउन यसो गरिएको बाराका प्रमुख जिल्ला अधिकारि कृष्ण बहादुर कटुवालले बताउनु भयो।
घामछायाँ संगको फोन सम्पर्कमा उहाँले,” सरकारले तोकेको मापदण्ड अनुसार अफ्रिका,मलेसिया लगायतका नौ देशलाई ट्रान्जिट बनाएर आएका वा भ्रमण गरेर आएका व्यक्तिहरु माथि निगरानी बढाउन नाकामा परिचय पत्र खुल्ने कुनै पनि कागजात अनिवार्य देखाउनु पर्ने नियम लागु गरिएको छ। परिचय पत्र नहुनेलाई आवज्त जावत गर्न दिईएको छैन। ”
सीमानाकामा सुरक्षा बढाउदै अस्थायी स्वास्थ्य डेस्क पनि संचालन गरिएको उहाँले बताउनु भयो। ”नाकाबाट ओहोरदोहोर गर्ने व्यक्तिका लागि तापक्रम मापन गर्न अनिवार्य स्वास्थ्य डेस्कमा संचालन गरिएको छ।” उहाँले भन्नु भयो।
त्यसैगरी पर्सामा पनि यसै नियमलाई कडाइका साथ अपनाईएको छ। देश कै प्रमुख प्रवेश द्वार पर्साको वीरगंज नाकामा पनि स्वास्थ्य चेकजाँच र परिचय पत्र अनुगमनलाई कडाइ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारि उमेश कुमार ढकालले बताउनु भयो। उहाँले भन्नु भयो,” सिसिएमसिको सक्रियतामा ओमिक्रोन भेरीएन्टको कोरोना भाईरसलाई नेपाल प्रवेश गर्न नदिन सीमा नाका देखि स्थानीय तहसम्म उच्च सतर्कता अपनाईएको छ। स्वास्थ्य मापदण्ड पालना गर्न गराउन सबैले निरन्तर पहल गरिरहेका छौं।”
खोप अभियानलाई पनि तीव्रता दिईएको उहाँले भन्नु भयो। १८ वर्षमाथिका सबैलाई खोप अनिवार्य लगाउन प्रचार-प्रसारलाई जोड दीएको उहाँले बताउनु भयो।
प्रतिक्रिया