दुई तीन दिन वर्षा र हिमपात हुनसक्छ; यात्रामा होस गर्नुहोस्´

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

  जल तथा मौसम विज्ञान विभागले अबको केही दिन यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।    बदलिएको बारे शुक्रबार एक विग्यप्ती जारी गर्दै विभागले   देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Westerly Trough) र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र (Low Pressure System) को प्रभाव रहेको बताएको छ। `चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहणहवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ´, विग्यप्तीमा उल्लेख छ। साथै  अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि विग्यप्तिमार्फत अनुरोध गरिएको छ।  

विगप्प्तिमा हाल सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती  प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली  रहेको छ र थोरै उच्च पहाडी तथा हिमाली भु-भागहरुमा हल्का हिमपात र थोरै पहाडी भु-भागहरुमा हल्का वर्षा समेत भईरहेको उल्लेख छ।