मङ्सिर १७,काठमाडौं ।
कोरोना संक्रमित मृतक संख्या सात महिना पछि फेरी शुन्यमा झरेको छ। कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या निरन्तर घटबढ हुदै आएकोमा झन्डै ७ महिनापछि फेरी शुन्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना सम्बन्धि अद्यावधिक जानकारी गराउदै मन्त्रालयले, यस अघि चैत्तमा मृतक संख्या शुन्य पुगेको बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर अधिकारीले घामछायाँ संग कुरा गर्दै भन्नु भयो,” २०७७ को चैत्त २७ गते मृत्तक संख्या शुन्य भएको थियो,त्यस यता साढे ७ महिना पछि मात्रै आज फेरी मृतक संख्या शुन्यमा पुगेको छ। ”
उता सक्रिय संक्रमित संख्या सात हजारको हाराहारीमा रहिरहेको पनि उहाँले बताउनु भयो। आज देशभर सक्रिय संक्रमित संख्या ६ हजार ९ सय २१ छ भने हिजो सात हजार बढि थियो। अस्पतालमा नै १० दिन भन्दा बढि समयसम्म बिरामीहरु बसिरहेकोले संक्रमित संख्या कम नदेखिएको उहाँले बताउनु भयो। ”अस्पतालमा रहिरहुन्जेल सम्म उक्त बिरामीको तथ्यांक सक्रिय संक्रमित मै गन्ति हुनेहुनाले सक्रिय संक्रमित सब्क्या धेरै देखिएको हो तर आतिनु पर्ने केहि छैन ” उहाँले भन्नु भयो। हाल सबै भन्दा धेरै सक्रिय संक्रमित संख्या राजधानीको वीर अस्पताल,पाटन अस्पताल ,टेकु अस्पताल लगायत अस्पतालहरुमा रहेको उहाँले जानकारी दिनु भयो।
प्रतिक्रिया