विधान संशोधनका लागि ५ सदस्यीय उपसमिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ
नेकपा माओवादी केन्द्रको विधान संशोधनका लागि ५ सदस्यीय उपसमिति बन्ने भएको छ । स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।

शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा भएको छलफले उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादवको नामा तय गरेको हो ।

उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् । । उनले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि जानकारी दिएका छन् ।