पशुपतिमा शतबीज छर्नेको भिड (फोटो फिचर )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर १७, काठमाडौं।
आज मार्ग कृष्ण चतुर्दशी अर्थात बाला चतुर्दशी व्रत। प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी मनाउने गरिन्छ । त्यसै अनुरुप आज पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको भीड लागेको छ ।

त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।