राप्रपा महाधिवेशन: थापाको प्यानालमा ‘एस म्यान’ हरुको वर्चश्व

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ १७ मंसिर

राप्रपाले गर्न लागेको एकता महाधिवेशनमा अध्यक्ष कमल थापाको प्यानल टुंगो लागेको छ । हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्र र संघीयता खारेजीको एजेन्डा लिएर एकता महाधिवेशन गर्न लागेको छ ।

सो महाधिवेशनको लागि थापाले बिहीबार राति आफ्नो तर्फबाट उठ्ने उम्मेदवारहरू घोषणा गरेका हुन्।

उनको प्यानलमा उनीसँगै उपाध्यक्षमा पूर्वमन्त्री बुद्धिमान तामाङ रहेका छन्। त्यस्तै एक महिलासहित चार उपाध्यक्षमा थापाले पूर्वआइजिपी ध्रुवबहादुर प्रधानलाई पनि थापाको प्यानलमा पारिएको छ ।

यसैगरी उपाध्यक्षमा पूर्वमन्त्री विक्रम पाण्डेलाई ्हने निश्चित भएको छ । थापाले महिला उपाध्यक्षमा भने रोशनी कार्कीलाई राखेको वताइएको छ । साथै तीन महामन्त्री पदमा थापाले भाष्कर भद्रा, भुवन पाठक र महिलामा कुन्ती शाहीलाई उम्मेदवार बनाएको स्रोतले जनाएको छ ।

राप्रपाका प्रभावशाली नेता मानिने थापाको पक्षमा अधिकांश मतदाता रहेको जनाइएको छ । उनले छानेका यस टिमका उमेदवारले थापाले भनेका हरेक कुरा सहजै स्वीकार गर्ने गर्छन् । त्यसैले पनि उनको पक्षले जित्ने संभावाना वलियो छ ।

महाधिवेशनमा राजेन्द्र लिङदेन पनि अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्।

बुधबारदेखि भृकुटीमण्डपमा जारी राप्रपा महाधिवेशनका लागि चार हजार चार सय ७१ जनाको मतदाता नामावली प्रकाशित गरिएको छ। राष्ट्रिय सभागृहमा बिहीबार राति मतदाताको सूची सार्वजनिक गरिएको छ।

अहिले राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमिति छ । जस मध्ये एक सय ४९ जनाका लागि निर्वाचनहुँदैछ भने बाँकी निर्वाचित अध्यक्षबाट मनोनित हुन्छन्।