एनइबी द्वारा ४६ जना परीक्षार्थीको परिक्षा रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर १७,काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्ड (एनइबि) ले १२ कक्षाका ४६ जना परिक्षार्थिहरुको परिक्षा रद्द गरेको छ। बोर्डको आज बसेको बैठकबाट कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। जसमध्ये ४६ जनाको परिक्षा रद्द गरिएको बोर्डले सुचना जारि गरेको छ। परिक्षा रद्द गरिएका विद्यार्थीहरु मध्ये ४ जनालाई यसवर्ष बोर्डबाट संचालन हुने कुनै पनि परिक्षामा सहभागी नगराउने बोर्डले सुचना प्रकाशित गरेको छ।

कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको कक्षा १२ को परिक्षा गएको भदौ ३० गते देखि असोज ८ गतेसम्म सञ्चालन भएकोमा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।
आज प्रकाशित भएको नतिजा अनुसार नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४८ हजार २३९ छ ।
यस्तै, ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५३७ रहेको बोर्डले जनाएको छ ।
‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् ।
तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।