तीन जनाको मृत्यु संगै ३ सय बढि संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर १५, काठमाडौं।
कोरोना सनक्रमिण भई नेपालमा आज तीन जनाको मृत्यु भएको छ। साथै ३ सय १६ जनामा संक्रमण समेत देखिएको छ। आज भएको १२ हजार ७ सय २७ जनाको नमुना परिक्षणबाट उक्त परिणाम आएको हो।
यो संगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय २९ पुगेको छ भने कुल संक्रमित संख्या ८ लाख २१ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले दिएको अद्यावधिक जानकारी अनुसार देशभर अहिले पनि ६ हजार ९ सय ५४ जना सक्रिय संक्रमित रहेका छन्। आजै २ सय ५९ जना संक्रमण मुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ। देशभर संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ३ हजार १ सय ६८ पुगेका छन्। नेपालमा निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ। देशभर क्वारेण्टाइनमा पनि ९८ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।