मङ्सिर १५, काठमाडौ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालीहरुलाई विदेश भ्रमण नगर्न आग्रह गरेको छ। हालै पहिचान भएको ओमिक्रोन भेरियन्टको कोरोना भाईरस सर्नबाट जोगिनका लागि मन्त्रालयले सबै नेपालीमा आग्रह गर्दै विज्ञप्ति जारि गरेको छ।
विश्व स्वास्थ्य संगठनले पनि यो भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरिसकेको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले यसलाई नेपाल प्रवेश गर्न नदिन मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो ।
कोभिड–१९ को ओमिक्रोन भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । त्यसैले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बन्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन मन्त्रालयको अपील छ ।
‘यही कारण यो भेरियन्टलाई रोक्न समयमै सावधानी अपनाइ नेपाल प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सम्बन्धित निकायहरू तिव्र रुपमा एक भएर काम गरिरहेको अवस्था छ ’,विज्ञप्तिमा भनिएको । हालसम्म नेपालमा उक्त भेरियन्ट फेला परी नसकेको मन्त्रालयले जनाएको छ ।
कोभिड १९ को ओमिक्रोन भेरियन्टको संक्रमनालाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन मन्त्रालयले सोहि विज्ञप्ति मार्फत अपिल गरेको छ।
प्रतिक्रिया