मङ्सिर १५,काठमाडौ।
देशको पहाडि भेगमा हिमपातको सम्भावना उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मझाशाखाले सुचना सार्वजनिक गर्दै सतरकता अपनाउन समेत आग्रम गरेको छ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार, हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण हिजो साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरुमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ ।
सो प्रणालीका कारण आज बुधबार देखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशहरुका पहाडी तथा तराइका केही भू-भागहरुमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
उक्त प्रणालीका कारण आगामी दिनहरुमा तापक्रममा समेत गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको महाशाखाले दावी गरेको छ । ”आउँदो शुक्रबारबाट क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा बिस्तारै कमजोर हुँदै जाने देखिन्छ” मौसम पूर्वानुमान महाशाखाको सुचनामा कोड गरिएको पाईन्छ।
”यस मौसमी प्रणाली कारण पर्वतारोहण, हवाई/यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ” ,महाशाखाका एक अधिकारीले घामछायाँसंगको कुराकानीमा बताउनु भयो।
उहाँले थप ,”मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ,आउँदो आइतबार साँझबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने पनि संभावना देखिएको हुनाले यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिनेछ ” भन्नु भयो।
प्रतिक्रिया