.कोभिड महामारीका कारण विपत्तिमा परेको पर्यटन क्षेत्रलाई त्राण दिन र्कीतिपुर ४ का बद्री बुढाथोकीले घरबाटै आन्तरिक पर्यटन उद्यम थाल्नुभएको छ । उहाँले कीर्तिपुर पुष्पलाल स्मृति पार्कनिकट आप्ःनै घरमा ग्रिनरी भ्यूप्वाइन्ट रिजोर्ट एण्ड रेष्टुरेण्ट सञ्चालन गर्दै यसको सुरुवात गर्नुभएको हो ।
कोभिडले महामारी पछि एक पैसा आम्दानी नभएम पनि ठमेलमा कोठाभाडा बापत महिनाको ६ लाख रुपैयाँ भाडा बुझाउनु पर्ने गरी ल्याएका महाविपत्ती झेल्न बुढाथाकीले व्यवसायिक संघर्षको अर्को अध्याय सुरु गर्नु भएको हो ।
गएको दीपावलीको पुर्वसन्द्यामा शुभकामना आदान प्रदान र दोहोरी साँझ कार्यक्रम आयोजना गर्दै सुरुभएको यो नयाँ ब्यवसायको औपचारिक उद्घाटन भने वागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले भोलिपल्ट बिहान गर्नु भएको थियो ।
काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसी, स्थानीय सामाजिक अगुवाहरु र व्यवसायीहरु उपस्थित उक्त कार्यक्रममा चर्चित दाहोरी कलाकारहरु टीका सानु र मानसिंह खड्काले आ आफ्ना प्रस्तुति गरेका थिए ।
घामछायाँसँग कुरा गर्दे बुढाथोकीले आफूले २०६३ सालमा घर बनाउँदा नै यसलाई भविष्यमा एउटा रिसोर्ट बनाउने उद्देश्य राखेको बताउनुभयो ।
यो उद्देश्य तत्काल पुरा हुने नदेखेपछि म केही समय सहकारीतिर लागेँ फेरि २०६८मा ठमेलमा ट्राभल एजेन्सीबाट व्यवसाय सुरु गरेर अहिले एउटा गेष्ट हाउस, दुई स्पासम्म फैलाएँ तर त्यही ठमेलको व्यवसायले महामारी सुरु भएपछि घरभाडा तिर्नेकुरालाई तनावपुर्ण पनि बनायो । महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएपछि हालसम्म भएको झन्डै एक कराडको क्षतिलाइ पुर्ति गर्न आफ्नै घरमा व्यवसाय सुरु गरेको हँ,ु जहाँ भाडा तिनुपर्ने तनाव हुँदैन, उहाँको भनाई छ ।
मध्य शहरबाट करिब सात किलोमिटर मै उपत्यका र आसपासका हिमालहरुको राम्रो दृश्यावलोकन गर्न सकिने रिजोर्टमा एक पटकमा ३० वा ३५ जनाका लागि सम्म आवासीय ढंगले कार्यक्रम गर्न सकिन्छ । यसबाहेक बार्बिक्यु, गार्डन र प्रशस्त पार्किङ सुविधासमेत रिसोर्टले उपलब्ध गराएको छ ।
अहिले आन्तरिक पयर्टकको चाहना अनुसारको खाना र वातावरण उपलब्ध गराइने जानकारी पनि बुढाथोकीले दिनुभयो । खासगरी कुखुराको मासुका केही परिकार काठमाडौंमा अन्यत्र नपाइने पनि उहाँले बताउनुभयो । यसबाहेक स्थानीय अर्गानिक खाद्यपदार्थ र तरकारीको स्वाद पनि पाहुनाले चाख्न पाउने छन् ।
प्रतिक्रिया