निको र संक्रमित हुने बराबर

कोरोना अपडेट ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर १४, काठमाडौं ।
कोरोना संक्रमणले फेरी विश्वभरि फेरी आक्रामक रुप लिन सुरु गरेसंगे नेपालमा पनि गति लिएको छ। नेपालमा पनि आज निको हुने बराबर नै संक्रमित संख्या पनि देखिएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अद्यावधिक जानकारी अनुसार आज देशभरबाट २ सय ५६ जना निको भएका छन् भने २ सय ५५ जना नया संक्रमित थपिएका हुन्।
स्वास्थ्य मापदण्डलाई बिर्सिएकोले फेरी संक्रमण बढ्न थालेको मन्त्रालयको अनुमान छ।
नेशाभारा सक्रिय संक्रमिको संख्या पनि ६ हजार ९ सय ३१ रहेको छ। आज भएको ६ हजार ४ सय ६९ जनाको स्वास्थ्य परिक्षणबाट सो नतिजा आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ४ हजार ३ सय २९ जनाको आरटि पिसिआर र २ हजार १ सय ४० जनाको एण्टिजेन परिक्षण गरिएको थियो। जस मध्ये आरटि पिसिआर बाट २ सय ४५ जना र एण्टिजेनबाट १० जनामा संक्रमण पुष्टि भएको अद्यावधिक जानकारीमा उल्लेख गरिएको छ।
आज भएको निकोसंख्या संगै देशभर संक्रमण मुक्त हुनेको संख्या ८ लाख २ हजार ९ सय ९ पुगेको छ भने कुल संक्रमित संख्या ८ लाख २१ हजार ३ सय ६६ पुगेको छ। साथै नेपालमा आज २ जना संक्रमितको मृत्यु समेत भएको छ। योसंगै मृतक संख्या ११ हजार ५ सय २६ पुगेको छ।
नेपालमा निको हुने दर ९७ दशमलव ७ प्रतिशत छ भने विश्व व्यापी निको हुने दर ९० दशमलव ३ प्रतिशत छ।