आइपिएल २०२२; रिटेनको आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आईपिएल २०२२ को लागि टिमले आफ्नो रिटेन खेलाडीको सुची बीसीसीआईलाई बुझाउने आज अन्तिम दिन हो। एक चोटी सुची बुझाई सकेपछि बीसीसीआईले खेलाडीहरुको रिटेंशन र रिलीजको सम्बन्धमा आधिकारिक घोषणा गर्नेछ। एमएस धोनी, रोहित शर्मा, विराट कोहली र केहि अन्य खिलाडीहरु आफ्नो वर्तमान फ्रेंचाइजी टिम संगै आबद्ध रही रहने इच्छा व्यक्त गरेका छन्।

हाल सम्म टिमले रिटेन गरेको खेलाडीहरुको सुची 

टिमले रिटेन गरेका खेलाडिहरुलाई ६ करोडदेखि १६ करोड सम्म भुक्तानी गर्नु पर्छ। यसमा पनि सबै खेलाडीहरुको श्रेणी फरक-फरक निर्धारण गरिएको छ। सबै चारै जना खेलाडी रिटेन गरे फ्रेंचाइजीलाई ४२ करोड भुक्तानी गर्नुपर्छ र ३ जना खेलाडीलाई ३३ करोड भुक्तानी गर्नु पर्ने प्रावधान रहेको छ। यदि कुनै टिमले २ जना खेलाडि मात्रै ऋइटेन गर्छ भने २४ करोड भारतीय रुपैया दिनुपर्ने हुन्छ। जसमा पहिलो खेलाडीलाई १४ करोड र दोश्रोलाई १० करोड दिनुपर्ने हुन्छ। अनकैप्ड खिलाडीलाई रिटेन गरे ४ करोड दिनुपर्छ।

चेन्नई सुपर किंग्स (सिएसके)

धोनी आफ्नो अंतिम आईपीएल सीज़नको लागि पनि पहेलो आर्मीको नेतृत्व गर्न तयार छन्। उनि बाहेक रवींद्र जडेजा, रुतुराज गायकवाड़ र मोइन अलीलाई चेन्नईले रिटेन गरेको छ।

सनराइजर्स हैदराबाद (SRH)

ईएसपीएन क्रिकइन्फोका अनुसार हैदराबादाले कप्तान केन विलियमसनलाई निरन्तरता दिएको छ । यदि सनराइजर्स हैदराबादले अरु कुनै खेलाडीलाई रिटेन गरेन भने उसलेकेन विलियमसनलाई १४ करोड़ दिनुपर्छ ।

दिल्ली कैपिटल्स (डिसी )

दिल्ली कैपिटल्स (डिसी ) ले आफ्नो पूर्व कप्तान श्रेयस अय्यरलाई रिटेन गरेको छैन । ऋषभ पंत, पृथ्वी शॉ, अक्षर पटेल र एनरिक नॉर्टजे ४ खिलाड़ी छन् जो डीसी संग आइपिएल २०२२ मा हुनेछन।

कोलकाता नाइट राइडर्स (केकेआर)

ईएसपीएन क्रिकइन्फोका अनुसार कोलकाता नाइट राइडर्स (केकेआर) ले सुनील नरेन, वेंकटेश अय्यर, आंद्रे रसेल र वरुण चक्रवर्तीलाई टीममा यथावत राखेको छ । शेष खिलाडीहरु मेगा ऑक्शन २०२२ मा सहभागी बन्ने छन्।

राजस्थान रॉयल्स (आर आर )

कप्तान संजू सैमसन, जोस बटलर र यशस्वी जायसवाललाई राजस्थान रॉयल्सले रिटेन गरेको छ ।

 

रॉयल चैलेंजर्स बैंगलोर (आरसिबी)

विराट कोहली, ग्लेन मैक्सवेल र मोहम्मद सिराजलाई आरसिबिले रिटेन गरेको छ ।

मुंबई इंडियंस (एमआई)

एमआईले रोहित शर्मा,जसप्रीत बुमराह, ईशान किशन र कीरोन पोलार्डलाई रिटेन गरेको छ । टीम प्रबंधनले ईशान किशानालाई सूर्यकुमार यादव भन्दा अगाडी राखेको छ ।

पंजाब किंग्स

पंजाब किंग्सको लागि यसपाली केएल राहुल खेल्ने छैनन् । रिटेन गरिएका खेलाडिहरु बारे अहिले सम्म पंजाबले कुनै प्रतिक्रिया दिएको छैन।