मङ्सिर १४, काठमाडौं ।
विदेशबाट आउने नेपालीले अबदेखि १ लिटर सम्म मात्र मदिरा ल्याउन पाउने भएका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जारि गरेको नयाँ सुचना अनुसार विदेशबाट आउने नेपालीले १ लिटर सम्मको एउटा बोतल सम्म मात्र मदिरा ल्याउने पाउने छन्। त्रिभुवन विमानस्थल हुदैँ विदेशबाट आउने नेपाली यात्रुहरुले प्रचलित कानुनले दिएको सुबिधा भन्दा बढी परिणाम र स्वरुपमा आफ्नो साथमा सुन तथा सुनको गहना,मोबाईल,ल्यापटप तथा मदिराजन्य पदार्थहरु ल्याउने गरेको देखिएको पछि यसो खाले कडाई अपनाईएको भन्सार कार्यालयले सुचनामा उल्लेख गरेको छ।
विमानस्थलमा सोधपुछ गर्दा ,’’प्रचलित कानुन बारे अनविज्ञ रहेको र अन्य अपरिचा व्यक्तिले ललाई–फकाई त्यस्ता सामग्री पठाउने गरेको’’ यात्रुहरुको बयान प्रति त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गम्भीर ध्यानाकर्षण समेत भएको छ ।
त्यसैगरी अब विदेशबाट आउने नेपालीले आफुसंग मात्र ५० ग्राम सम्मको सुनको गहना व्यक्तिगत प्रयोगको लागि ल्याउन पाउने छन्। ५० ग्राम भन्दा बढि २०० ग्रामसम्मको सुनको गहनालाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने ,सो भन्दा बढी परिमाणको गहना ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने पनि भन्सार कार्यालयले जनाएको छ ।
ट्याब्लेट वा ल्यापटप १ भन्दा बढी ल्याएमा भन्सार महशुल लाग्ने छ भने १ वटा हान्दा बढी मोबाईल फोनमा समेत भन्सार महशुल लाग्ने भएको छ।
नेपाल सरकारले भन्सार ऐन,२०६४ को दफा को उपदफा (३)ले दिएको अधिकार प्रयोग गरि मिति २०७७ जेष्ठ १५ गतेदेखि लागु हुने गरि जारि गरिएको ’यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजि प्रयोगका मालवस्तु सम्बन्धी आदेश’ नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्कदा सुन ,विधुतीय उपकरण र मदिराजन्य वस्तुमा तोके अनुसार छुट मात्र प्राप्त गर्न सकिने सुचनामा प्रस्ट्याईएको छ।
विदेशबाट फर्कदा अपरिचित व्यक्तिले दिएको मालवस्तु नल्याउन समेत त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सोहि सुचना मार्फत आग्रह समेत गरेको छ।
प्रतिक्रिया