लोसपाको वीरगंज महानगर कमिटिको औपचारिक सपथ ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर १३,पर्सा।
लोकतान्त्रिक समाजवादी पार्टीले वीरगंज महानगर कमिटिको औपचारिक सपथ ग्रहण सम्पन्न गरेको छ। ओमप्रकाश सरार्फको अध्यक्षतामा ६३ सदस्यीय महानगर कमिटिको औपचारिक सपथ ग्रहण समपन्न गरेको अध्यक्ष सर्राफले बताउनु भयो। ”सपथ ग्रहण संगै पदास्थपन समेत गरिएको छ” उहाँले भन्नु भयो। पार्टी विभाजन भएपछी लामो समय पश्चात कमिटि विस्तारलाई लोसपाले सक्रियता दिएको छ।
महानगर कमिटीमा चार उपाध्यक्ष चयन गरिएको छ। हरेन्द्र पटेल,शेख फिरोज,दिपक साह कानु र बेदामी लाललाई उपाध्यक्ष पदमा चयन गरिएको उहाँले घामछायाँसंगको फोन सम्पर्कमा बताउनु भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सरार्फ युवा पुस्तालाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिनु भयो। लोसपालाई जान जना संग जोड्ने ,सामाजिक मुद्धासंग जोड्ने मुख्य उदेश्य रहेको अध्यक्ष सरार्फको धारणा छ। अझै उहाँले, ”यहाको जनताको हितैको लागि काम गर्ने ,सबै पार्टीका कार्यकर्तालाई सामाजिक कार्यकर्ता सरह काम गर्न प्रेरित गर्ने छौ ,प्रशिक्षित गर्नेछु ,र अधिकार पहिचानको जुन हाम्रो लडाई छ त्यसलाई शसक्त रुपमा अगाडि बढाउने छौ” भन्नु भयो।

लोसपाले पर्सामा युवा पुस्तालाई प्राथमिकतामा राखेको छ।लोसपाले वीरगंजको कमिटिको अध्यक्ष मात्रै नभएर जिल्ला कमिटिको उपाध्यक्षमा पनि युवा पुस्ता छनौट गरेको छ। जिल्ला उपाध्यक्षमा २९ वर्षीय युवा नेता सुजित गिरीलाई चयन गरेको छ।

राजनिती गर्ने युवाहरुका लागि लोसपाले उचित मुल्यांकन गरिरहेको युवा नेता सुजित गिरीले बताउनु भयो।

” पार्टीका लागि मात्रै नभई जुन सुकै गतिलो कामका लागि युवाशक्तिको आवश्यकता रहेको र हाल युवाहरु जोशिला मात्रै होईन दुरदर्शी सोंच समेत राख्ने गरेका छन् ,जसलाई लोसपाले मुल्यांकन गरेकोमा आभारी छु ”उहाँले भन्नु भयो। लोसपाले युवा पिडिलाई दिएको जिम्मेवारीबाट अरु पार्टीले पनि युवा अवस्था पहिचान र सहभागितामा जोड दिने उदाहरण पाएको उहाँले बताउनु भयो।