मङ्सिर १३ ,काठमाडौं।
भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। काष्ठमण्डपको भित्रको काम लगभग सकिएको छ भने बाहिरको पेटीहरु बनाउने, र बार हाल्न मात्र बाँकी रहेको छ।
काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार पुरातात्विक तथा ऐतिहासिक महत्वको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। उहाँले हाल सम्पदाको पुनर्निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिनुभयो।”सम्पदाको पुनर्निर्माण कार्य ९६ प्रतिशत सकिएको छ” उहाँले भन्नु भयो। हाल मन्दिर भित्रको लगभग कामहरु सकिएको छ र बाहिरको पेटीहरु बनाउने, र बार हाल्न मात्र बाँकी रहेको छ।
उहाँले भन्नुभयो, ‘मंसिरको अन्तिम महिना या पु्षको पहिलो हप्तामा उद्धाटन गर्ने शाक्यले बताउनुभयो।’
अर्को तिर पुर्व प्रधानमन्त्री केपी ओली श्रीमती राधिका शाक्य सहित पुनर्निर्माणको अवलोकन गर्नु भएको छ।
प्रतिक्रिया