महिला हिंसा विरुद्ध सचेतना जगाउन साइकल र्याली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ  / पद्म कन्या बहुमुखी क्याम्पसका विद्यार्थीद्वारा आयोजना यहि मंसिर ११ गते पिकेसी बिबिएम दोस्रो साइकल र्याली, २०२१ आयोजना गरिदैछ। इभेन्न्टका संयोजक सोनु पौडेललेमहिला हिंसा हरेक ठाउँमा व्याप्त भएकोले यसको विरुद्द सचेतना फैलाउन जरुरी रहेको वताइन।

साइकल र्‍यालीद्वारा महिलाहरुमाझ जनचेतनासंगै वातावरणीय चेतना समेत फैलाइने उनले आशा व्यक्त गरेकी छिन । ‘  यस कार्यक्रमले महिलाहरुको चेतना वृद्दि गरि महिला सशक्तिकरण बढाउने , वातावरण सम्बन्धि ज्ञान वाड्ने र यसको संरक्षणको महत्त्व बुझ्नलाइ मद्दत पुर्याउने छ, -उनले भनिन।

महिला हिंसा विरुद्द जनचेतना र वातावरण सचेतना फैलाउने उद्देश्यसहित र्यांली आयोजना गर्ने लागेको सल्लाहकार तथा प्राध्यापक योगेन्द्रमान सिं वस्न्यातले जानकारी गराएका छन ।

गत साल नारी दिवसको दिनमा आयोजना गरिएको साइकल र्यालीमा २ सय जना साइक्लिस्टहरुले सहभागी लिएका थिए। यसपल्टको र्यालीमा ३०० जना साइक्लिस्टहरुले सहभागीता जनाउने आयोजक्ले लक्ष लिएको छ । कार्यक्रमवाट उठेको रकम अभियान्ता महावीर पुनद्वारा नेतृत्व गरिरहेको राष्ट्रिय आविस्कार केन्द्रलाइ दान दिने समेत आयोजकले वताए।

साइकल र्याली पद्मा कन्या वहुमुखि क्याम्पस विविएम ५ औ सेमेस्टरका विद्यार्थीले आयोजना गर्दैछ भने राष्ट्रिय वाणिज्य वैंक, नेपाल वैंक लिमिटेड र प्याङ्क बाइकलगाएतले प्रायोजन गरेका छन ।