ङिमा दोर्जी शेर्पा स्मति गोल्ड कप स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। ङिमा दोर्जी शेर्पा स्मृति गोल्ड कप गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। मंसिर १ गते सम्पन्न प्रतियोगितामा पुरुष टिम सहभागी भएका थिए।

विश्वको सर्वोच्च शिखर सगरमाथा र अन्य हिमशृङलाहरुको प्राङ्गणमा खुम्बु ल्यामु गाउँपालिका वडा।४ मा अवस्थित फोर्चे युवा समूहको आयोजनामा गत कार्तिक २१ बाट मंसिर १ गते सम्म आयोजना गरिएको थियो।

प्रतियोगितामा तृतीय बनेका खुम्जुङ युवा क्लबले ४० हजार प्राप्त गरेको छ। साथै, वर्षनी खुम्बुका क्लबले पालैपालो आयोजना गर्ने गोल्डकपको अर्को वर्षको आयोजकले यो वर्षको विजेता समूहलाई नगद ५ लाख भुक्तानी गरेर गोल्डकपमा लैजाने जानकारी दिए।

आयोजक समितिका सचिव कुन्साल शेपाका अनुसार फाइनमा पाङबाचे आधारभूत विद्यलयाको टिमलाई हराउर्दै फोर्चे यूवा समूहले उपाधिमाथि जित हासिल गरेका थिए। विजेता समूहले ५ लाख बराबरको सु्नजडित गोल्डकप प्राप्त गरेको छ। प्रतियोगितामा उपविजेता बनेको पाङबोचे आधारभूत विद्यालयले ६० हजारमा चित्त बुझाएका सचिव शेर्पाले जानकारी दिए।