११ अंकले घट्यो नेप्से, कसले गुमायो सबैभन्दा धेरै?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ/ साताको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । आज आईतबार नेप्से ११ दसमलव छ अंकले घटेर २७ सय ५७ दसमलव ५३ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि तीन दसमलव ७५ अंकले घटेर पाँच सय १८ दसमलव २५ अंकमा झरेको छ । दुई सय २५ वटा कम्पनीहरुको ५४ हजार छ सय ६४ पटकको कारोवारमा ७८ लाख ९४ हजार चार सय ६८ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम चार अर्ब ३५ करोड ७३ लाख नौ हजार तीन सय १९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा हुंदा आज दुई वटा समुुहले कमाएकाछन भने ११ वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव एक अंकले घटेर १८ सय २३ दसमलव ६३ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि १९ दसमलव २३ अंकले घटेर २६ सय ३५ दसमलव ७९ अंकमा पुगेको छ ।

बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन । जलबिद्युुत र उत्पादनमुलक समुहको सुचक भने आज बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने तेह्थुम पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने महालक्ष्मी बिकास बैंक परेको छ ।