भारतमा कोराना संक्रमण फेरी बढ्यो, २४ घण्टामा थपिए १० हजार ४८८ जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

नयाँ दिल्ली भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाए अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २२ हजार ७१४ रहेको छ ।

यो सङ्ख्या कूल सङ्क्रमित भएका मध्येको ०.३६ प्रतिशत मात्रै भएको मन्त्रालयको तथ्याकं छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या सन् २०२० को मार्च अर्थात ५३२ पछिका सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

मन्त्रालयका अनुसार कोरोना शुरु भएदेखि हालसमम तीन करोड ४५ लाख १० हजार ४१३ जना कोरोना सङ्क्रमित भएका छन् ।हिजो शनिबार कोरोना सङ्क्रमणका कारण ३१३ जनाको मृत्यु भएको यसैसँगै भारतमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको संख्या चार लाख ६५ हजार ६६२ जना पुगेको पनि विभिन्न भा।तीय सन्चार माध्यामले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ३२९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यसरी एकै समयमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कम हँुदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख २२ हजार ३७ रहेको मन्त्रालयले जनाएको छ ।