गौतम बुद्धका यी महान वाणी, जसले दिन्छ जीवन बदल्ने शक्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव भन्ने बुझिन्छ ।

बैशाख शुक्ल पूर्णिमाको दिन नेपालको रूपन्देही जिल्लाको लुम्बिनीमा जन्मेका गौतम बुद्धले जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दुः खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दुःख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरेका थिए ।

लामो समयको तपस्या पछि उनले ज्ञान प्राप्त गरे । पछि सो ज्ञान सधं मार्फत नेपाल तथा भारतको विभिन्न ठाउँमा प्रचर गरे । उनले विभिन्न उपदेश दिएर मानिसलाई अज्ञानताको अन्धकारबाट ज्ञानको उज्यालोतर्फ लगे ।
यीनका यी उपदेशको आज पनि उत्तिकै महत्व रहेको छ ।

१ – स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तोष सबैभन्दा ठूलो धन हो । बफदारी सबैभन्दा ठूलो सम्बन्ध हो ।

२ – तीन चिज धेरै लामो समयसम्म लुक्दैन । सूर्य, चन्द्रमा र सत्य ।

३ – आफ्नो मोक्षको लागि स्वयम् प्रयास गर । अर्कामा निर्भर नगर ।

४ – घृणा, घृणाले होइन प्रेमले अन्त्या हुन्छ । यो शाश्वत सत्य हो ।

५ – बिना स्वास्थ्य जीवन, जीवन होइन । केवल एक पीडाको स्थिती हो । मृत्युको छवी हो ।

६– हरेक कुरामा सन्देह गर । स्वयम् आफ्नो प्रकाश खोज ।

७.– सत्यको मार्गमा चलिरहेको व्यक्तिले केवल दुई गल्ती गर्न सक्छन् । एक, पुरा बाटो तय नगर्ने । अर्को, यसको सुरुवात पनि नगर्ने ।

८ – चाहे तिमी जतिसुकै पवित्र शब्द पढ वा बोल । त्यसले तिमीलाई के भलो गर्छ, जबसम्म त्यसलाई उपयोग गर्दैनौं ।

९ – इच्छा कहिल्यै अन्त्य हुँदैन । यदि तिम्रो एउटा इच्छा पुरा भयो भने, दोस्रो इच्छा तुरुन्तै जन्मन्छ ।

१० – शंका गर्ने बानी सबैभन्दा खतरनाक हुन्छ । शंकाले मानिसलाई अलग गराउँछ । यसले दुई मिलनसार साथी वा कुनै राम्रो सम्बन्धलाई बर्बाद गर्छ ।