सुनको मूल्यमा ७ सयले गिरावट, अव कति पर्ला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं /साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज तेजावी सुन ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज १२ सय ६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला मूल्य १२ सय ६० रुपैयाँ थियो ।