काठमाडौ / हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भूभाग मा मौसम सामान्यतया सफा रहेको छ ।
आइतबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरू सामान्यतया सफा रहने छ । प्रदेश १ को एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै सोमबार प्रदेश १ को पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भूभागहरूमा आंशिक बदली र बाकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मंगलबार पनि प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया