आजको मौसमः देशभर तुवालोले ढाक्ने, सतर्क रहन मौसमविद्को चेतववनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ /अहिले नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानाएको छ जसका ।कारण देशका अधिकांश भू(भागहरुमा वदली भै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको मौसमविद्को तर्क छ ।

सो प्रणालीको प्रभावले देशका अधिकांश भूभागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाइ यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।

विभागका अनुसार हाल प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली भई बांकी प्रदेशहरुमा सामान्यतया बदली रहेको छ।

शुक्रबार दिउँसो देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भ(भागहरू आंशिक देखी सामान्य बदली रहने छ।

सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

शुक्रबार बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा र बांकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।