मंसिर ०२,धादिङ । धादिङमा यात्रु बस दुर्घटना हुँदा १३ जना यात्रुहरू घाईते भएका छन । काठ्माण्डौंबाट सर्लाहीको लागि यात्रु बोकि हिडेको रात्री बस दुर्घटना हुँदा ३ जना गम्भीर सहित १३ जना यात्रु घाईते भएका छन । बा ४ ख २७२७ नम्बरको यात्रु बस दुर्घटना भएको धादिङ प्रहरिले घामछायाँलाई फोन सम्पर्कमा जानकारी दिएको छ । धादिङ प्रहरिका अनुसार बस अनियंत्रित भईं सडकको छेउमा लगाइएको सुरक्षा पोलमा ठोकिएको हो । हाल घाईतेहरुको उपचार धादिङको गल्छी स्थित अम्बे भरोसा अस्पतालमा उपचार भईरहेको छ । यद्यपि घाईतेहरुको पहिचान घुली नसकेको प्रहरिले बताएको छ ।
प्रतिक्रिया