तापक्रम घट्दो क्रममा, मौसम विभागले दियो यस्तो चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ /दैनिक तापक्रम घट्ने क्रम चलिरहेकोकारण देशभर दिनप्रतिदिन चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

माहाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज र भोलि मौसम सफा रहने छ भने । शुक्रबार उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

साथै महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।