ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आज मंगलबार ​सुनको मूल्य बढेको छ । सोमबार तोलामा ९४ हजार ३०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ५०० ले बढेर ९४ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ५०० ले बढेर ९४ हजार ३०० मा कारोवार भएको छ । यस अघि सोमबार तेजावी सुन रु ९३ हजार ८०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला रु १० ले बढेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार २९० तोकेको छ । यस अघि सोमबार चाँदी प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो ।

,