आज हरिशयनी एकादशीका दिन घरघरमा रोपेको तुलसीको विशेष पूजा गरि, सिँगारी फूल मालाले सजाएर विवाह तुलसीको गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।
यस्तो धार्मिक महत्व
वैदिक सनातन हिन्दू धर्मशास्त्रमा आयूर्वेद समेत महत्वपूर्ण भूमिका लिएको तुलसीको विरुवाको महत्व ठूलो छ । धार्मिक र सांस्कृतीक अनि वैज्ञानिकरुपमा पनि अति उपयोगी यस वनस्पतीलाई आङ्गनमा तुलसाको मठ बनाएर रोप्ने चलन छ ।
बैदिक सनातन सस्कारमा तुलसी पूजा को ठूलो महत्व छ । हजारौं बर्षदेखि सनातन सस्कारीहरु प्रातकालमै उठेर तुलसीमा पानी चढाएर अनि नमन गरेर मात्र आआफ्नो दैनिकीमा लाग्ने गर्छन् ।
तुलसीको विरुवालाई जन्म, मृत्यू देखि हरेक सनातन सस्कारमा प्रयोग गरिन्छ। तुलसी पात हालेर अनि भगवानलाई अर्पण गरेर मात्र भोजन फलाहार आदि सेवन गर्ने चलन अझै पनि छ ।
तुलसीको डाँठलाई काटेर सुकाएर आएका मसिना काठ जस्ता टुक्राका पवित्र माला अत्यन्त पवित्र मानिन्छ ।
आर्युवेदिक महत्व
हिन्दुहरुले नित्य पूजा गर्ने तुलसी बहु उपयोगी औषधीय गुणयुक्त वनस्पती हो ।यसको प्रयोगले कैंयौ प्रकारका जटिल रोगसहित साधारण स्वास्थ्य समस्या समेत निको हुन्छ ।
१. तुलसीमा कीटनाशक शक्तिहुने भएकाले तुलसीको पातको लेदो बनाई घाउ, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा लगाउँदा लाभ मिल्छ ।
२. ५ देखि १० एमएल तुलसीको पातको रससंग महमिसाएर दिनको दुईदेखि तीन पटकसम्म सेवनगर्दा रुघाखोकि, चिसो, दम, निमोनियालगायतका समस्यामा प्रभावकारी हुन्छ ।
३. बच्चाहरुमा हुने साधारण पेट दुखाई, अपच, अरुचिलगायतका समस्यामा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा तुरुन्तै फाइदा मिल्दछ ।
४. मधुमेह तथा पिसाब सम्बन्धी रोगमासमेत तुलसीको बीउलाई पिसेर लेदोबनाई दैनिक १–३ ग्रामसम्म दुईपटक सेवनगर्दा लाभ मिल्दछ ।
५. विषम ज्वरो होस् वा अन्य रुघाखोकी यस्तोमा पनि तुलसीको पात चपाएर सेवन गर्दा फाइदा पुग्दछ ।
६. घाँटी दुखुको वा घाँटीमा बिमिरा आएको बेला तुलसी, बेसार र नुन उमालेर सेवन गरेमा एक दिनमै घाँटी दुखेको निको हुन्छ ।
प्रतिक्रिया