आज घट्यो सुनको मूल्य, कति पर्ला तोलाको?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ /आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँ र चाँदीको भाउमा पाँच रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९४ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुन ९४ हजार १०० रुपैयाँमा कारोबार भएकोमा सोमबार ९३ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ ।

त्यस्तै, एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार २८० रुपैयाँमा कारोबार हुनेछ ।