यी प्रदेशमा हिमपातको संभावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भुभागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।

त्यस्तै राती देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ।
महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन
अनुरोध गरेको छ ।