शेक्सपियरका यी भनाई पढ्नुस्, हरेक पल काम आउँछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

अङ्ग्रेजी भाषाका साहित्यकार शेक्सपियर इंल्याण्डका राष्ट्रिय कवि हुन् । बहुमुखी प्रतिभाका धनी शेक्सपियरले जीवन, प्रेम, तथा मृत्यु जस्ता विषयलाइ आधार बनाएर आफ्नो रचनाहरुको सिर्जना गरेका थिए। ‘रोमियो जुलियट’ उनको विश्व प्रसिद्ध साहित्य हो।

उनका कृतिरु आज पनि उत्तिकै चर्चामा छन्। विश्व साहित्यमा छुट्टै तरङ्ग दिन उदाएका अलौकिक साहित्यकार शेक्सपियरका भनाइ पनि अहिलेको समयमा उत्तिकै सान्दर्भिक छन् ।

हेनुस् उनका केही भनाई जुन तपाइँको लागि पनि उपयोगी हुन्छन् ।

१. उनीहरु निर्धन नै हुन् जोसँग धैर्य छैन ।

२. सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।

३. निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।

४. यदि संगित प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।

५. साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन ।

६. धेरै सुन, थोरै बोल ।

७.यहाँ न असल छ न त खराब नै असल–खराब त हाम्रो सोचाइको उपज हो ।

८. एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।

९. हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन

१०. कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् ।