काठमाडौ /जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम सफा रहने जनाएको छ । २०७८ कार्तिक २७ गते शनिबार दिउँसो र राती देशको पहाडी भू भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ।
साथै वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया