चाणक्य अर्थात कौटिल्य वा इसा पूर्व ३७०–२८३ तिर जन्मिएका पूर्विय दर्शनका माहान अर्थशास्त्री दार्शनिक चतुर व्यक्ति मानिन्छन् ।
उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाज नीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए।
हेनुस् उनका प्रमुख नीति तथा उपदेशहरु
उच्च आसन, महलमा बसेर होइन मानिस असल गुणले उत्तम हुन्छ ।
आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोस मान्नुपर्छ ।
कमजोर व्यक्तिसँगको दुश्मनी ज्यादै महंगो हुन्छ । त्यसले कल्पनै नगरेको बेला हमला गर्न सक्छ ।
तपाई खुसी हुनु नै दुश्मनका लागि ठूलो हतियार हो ।
अरुको गल्तीबाट सिक किनभने आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो हुन्छ ।
कुनै पनि व्यक्ति आवश्यकभन्दा धेरै सोझो हुनु हुँदैन । किनभने सोझो रुख नै पहिला काटिन्छ ।
कोहि पनि व्यक्ति कामबाट महान हुन्छ । जन्मबाट होइन ।
तपाईको कुरा सुन्नेबेला यताउता हेर्ने मानिसको कहिल्यै विश्वास गर्नु हुँदैन ।
भुतको बारेमा पछुताउनु र भविष्यको बारेमा चिन्ता लिनु हुँदैन । किनभने विवेकवान मानिस सँधै वर्तमानमा वर्तमानमा जित हासिल गर्छ ।
सफलता प्राप्त गर्न साथीको आवश्यक पर्छ तर धेरै ठूलो सफलता पाउनको लागि राम्रो शत्रुको आवश्यक पर्छ ।
प्रतिक्रिया