काठमाडौ / नेपाली साहित्यका प्रतिभाशाली व्यतिmत्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
उहाँको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको छ भने तिनै कृतिका माध्यमबाट नेपाललाई विश्वभर परिचित गराउनुभएको छ । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी देवकोटाको ‘मुनामदन’ महाकाव्यबाट गर्नुभएको थियो ।
देवकोटालाई नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक मानिन्छ । देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
देवकोटले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेको साहित्यकारहरु वताउँछन् । उहाँको तुरुन्त कविता लेख्नसक्ने क्षमताको सर्वत्र प्रशंशा हुने गर्छ ।
प्रतिक्रिया