धनतेरसको दिन बढ्यो सुन चाँदीको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ – आज धनतेरसको दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार २५० रुपैयाँ कायम भएको छ ।

आज धनतेरसको दिन खासगरी धातुजन्य वस्तुको किन्नेहरुको भिड लाग्ने गर्छ ।