आज धववन्तरी जयन्ती तथा धनतेरस मनाइदै, यस्तो छ धार्मिक महत्व

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं / आज धनतेरस पर्वको साथै आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको स्मरणमा देशभर धन्वन्तरि जयन्ती मनाइद्रै छ । साथै राष्ट्रिय आरोग्य दिवस कार्यक्रम पनि यसै दिन मनाइदै छ।

हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन देशभरका आयुर्वेद संस्थाहरुमार्फत यो दिवस मनाउने गरिएको हो।मंगलबार नरदेवीस्थित आयुर्वेद चिकित्सालय र आयुर्वेद चिकित्सक संघ लगायत बिभिन्न आयुर्वेद संघ संस्थाहरुमा आरोग्य दिवसको रुपमा धन्वन्तरिको पूजा अर्चना गरी मनाईदै छ।

धनतेरस

यसैगरी धनतेरस पर्व पनि पनि आजै मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । धनतेरससमेत भनिने आजका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन छ ।

को हुन् धनवन्तरी ?

धनवन्तरी आर्युवेदका प्रवर्तक हुन् । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ ।

धन्वन्तरी विश्वकै प्राचीनतम चिकित्सापद्धति आयुर्वेदका प्रणेता हुन्। आयुर्वेदप्रेमीहरू स्वस्थ रहन र रोग निराकरण गर्न धन्वन्तरीलाई सम्झने गर्छन्। नेपालमा वि.सं. १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएपछि धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। आयुर्वेदकर्मी तथा अनुसरणकर्ताले २०५६ सालदेखि राष्ट्रिय आरोग्य दिवसका रूपमा समेत मनाउँदै आएका छन्।