आज नेप्सेमा भारी गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ / सोमबार नेप्सेमा भारी गिरावट आएको छ । आज सोमबार नेप्से १७ दसमलव ७५ अंकले घटेर २८ सय १९ दसमलव ८६ अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ८८ अंकले घटेर पाँच सय २८ दसमलव ५८ अंकमा झरेको छ ।

आज दुई सय २६ वटा कम्पनीहरुको ८० हजार तीन सय ५१ पटकको कारोवारमा एक करोड ३४ लाख तीन हजार तीन सय १२ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम सात अर्ब ७७ करोड ७५ लाख १० हजार सात सय ७८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आज बाँणिज्य बैंक समुहको सुुचक चार दसमलव ६९ अंकले बढेर १८ सय ९५ दसमलव तीन अंकमा पुग्दा होटल तथा पर्यटन र लगानी समुहहरुको सुचक पनि बढेको छ । बिकास बैंक समुहको सुचक भने ४२ दसमलव ४९ अंकले घटेर ५४ सय ६५ दसमलव ५२ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि ४३ दसमलव ८५ अंकले घटेर दुई हजार छ सय ४३ दसमलव १२ अंकमा झरेको छ ।

यि बाहेक जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा महुुली लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा कामना सेवा बिकास बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने महालक्ष्मी बिकास बैंक परेको छ ।