काठमाडौ / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको छ ।
कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका (किजापूजा)को उत्तम साइत रहेको छ।
वि.सं.२०७८ कात्तिक १६ गते, मंगलबार – यमदीपदान, धनत्रयोदशी (धन्तेरस), धन्वन्तरी जयन्ती छ भने कात्तिक१७ गते, बुधबार – काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेललगाएर नुहाउने) दिन रहेको छ ।
त्यस्तै कात्तिक १८ गते, विहिबार – लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि , कात्तिक १९ गते, शुक्रबार – गोवर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा रहेको छ । यसै दिन ने.सं ११४२ प्रारम्भ हुन्छ ।
यसैगरी कात्तिक २० गते, शनिबार – यमद्वितीया भाइटीका ,(किजापूजा) रहेको छ ।
प्रतिक्रिया