आज मिति २०७८ साल कात्तिक १५ गते सोमबार । इश्वी सन् २०२१ नोभेम्बर १ । शकसंवत् १९४३ ।
नेपाल संवत् ११४१ कौलागा । यस्तो छ आजको राशिफल ।
मेषः अध्ययन अध्यापनमा सफलता मिल्नेछ । आर्थिक अभावका कारण व्यपार व्यवसायमा समस्या आउने प्रेमभाव जाग्रित हुनेछ ।
वृषः पारिवारिक सुख तथा भेटघाटमा व्यस्त भइनेछ । मध्यान्ह देखि स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ । अध्ययन क्षेत्र राम्रो रहनेछ ।
मिथुनः कार्यक्षेत्रमा निकै व्यस्त भइनेछ । अफन्तमा दुःखद् घटनाको समचार सुन्नु पर्नेछ । आर्थिक लेनदेन गर्दा विचार गर्नुहोला ।
कर्कटः स्वास्थ्यका कारण महत्वपूर्ण कार्य रोकिनेछ । खानपिनमा विशेष ध्यान दिनुपर्छ । अध्ययनको लागि यात्रा गरिनेछ । प्रेम प्रेमिका विच विवाद उत्पन्न हुनेछ।
सिंहः घर तथा जग्गामा लगानी गरिनेछ । नयाँठाऊको अवलोकन गरिनेछ । विद्यार्थी वर्गको लागि शुभ रहनेछ । कार्यक्षेत्रमा कम झुकाव हुनेछ।
कन्याः मनमा अनेक कुरा तथा चिन्ताले गर्दा अध्ययन तथा कार्यमा समस्या आउनेछ। रोकिएका काम बन्नुका साथै आर्थिक सुधार हुनेछ । बुवा आमाको सेवा गर्नुहोला।
तुलाः बोलीको प्रभाव बढ्नेछ । आर्थिक सामाजिक अवस्थामा सुधार आउनेछ । प्रतिष्ठित व्यक्तिहरूको संगत तथा मिलनले नयाँ कार्यको थालनि गरिनेछ।
बृश्चिकः सामाजिक तथा पारिवारिक कार्यमा समय व्यतित हुनेछ । नसोचेको यात्रा गर्ने अवसर प्राप्त हुनेछ पुराना साथीभाइसँग भेटघाट गर्ने कार्यक्रम हुनेछ ।
।
धनुः प्रेम मिलन हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । घर जग्गा प्राप्त हुने सम्भावना रहेकोछ ।उच्च पदस्थ व्यक्तिसँग चिनजान हुनाले कार्य गर्ने हिम्मत बढ्नेछ ।
मकरः आकास्मिक आर्थिकलाभ प्राप्तहुनेछ । प्रेमप्रेमिका विच विवाद मिलेछ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । सन्ध्याकालमा पेटसम्बन्धी समस्या आउनेछ ।
कुम्भः रोकिएका कामहरु बन्ने छन् आर्थिक क्षति हुने हुदा निकै विचार गरेर कारोवार गर्नहोला राजनैतिक क्षेत्र सुधार हुनेछ स्वास्थ्यमा सुधार आउनेछ ।
मीनः बोलीको माध्यमले धेरैलाई उछिन्न सकिनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने सम्भावना रहेकोछ । भने प्रेम सम्बन्ध अगाडी बढ्नेछ । पारिवारिक किचलो बढ्नेछ ।न्यूज २४ टि.भि.बाट
प्रतिक्रिया