काठमाडौ /जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
२०७८ कार्तिक १५ गते सोमबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एकदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी आज राती देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भू(भागमा सामान्यतया सफा रहने छ । महाशाखाका अनुसार प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया