कोरोना अपडेटः २४ घण्टामा ४०८ जनामा संक्रमण, ८ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ, / आइतबार थप ४०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ७ हजार ८९९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख १२ हजार ५७० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ८९९ जनाको परीक्षण भएको छ । हालसम्म ४४ लाख २० हजार ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा ५१८ जनाले कोरोना जितेका छन् । यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ९१ हजार ७८७ पुगेको छ ।

आइतबार २४ घण्टामा आठ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४०७ पुगेको छ