काठमाडौ,/ साताको पहिलो दिन पनि नेप्सेमा सुधार देखिएको छ । आज आईतबार नेप्से ५५ दसमलव पाँच अंकले बढेर २८ सय ३७ दसमलव ६१ अंकमा चढेको छ । सेन्सेटिभ नौ दसमलव ४६ अंकले बढेर पाँच सय ३० दसमलव ४६ अंकमा चढेको छ ।
आज दुई सय ३२ वटा कम्पनीह्रुको ८१ हजार नौ सय ३५ पटकको कारोवारमा एक करोड ३८ लाख ९९ हजार तीन सय २२ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम सात अर्ब ८२ करोड ३२ लाख २६ हजार चार सय ९३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भयो । जसमा वाण्ज्यि बैंक समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये जलबिद्युुत समुहको सुचक एक सय ६६ दसमलव ३४ अंकले बढेर ३१ सय ८८ दसमलव ९४ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक छ सय तीन दसमलव तीन अंकले बढेर १३ हजार ९५ दसमलव ४६ अंकमा पुगेको छ ।
यि बाहेक बिकास बैंक, फाईनान्स, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुुचक पनि बढेका छन ।
प्रतिक्रिया