पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न नेविसंघको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले हालै बढेको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता नभए कडा प्रतिवाद गर्ने वताएको छ । मूल्य वृद्धिको निर्णयप्रति खेद र भत्र्सना गर्दै नेविसंघले मूल्यवृद्धि फिर्ताको माग समेत गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुगानाले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

विज्ञप्तीमा भनिएको छ ‘ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य बस्तुको समेत मूल्य वृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयप्रति खेद र भत्र्सना गर्दछौँ,’

सरकारले हस्तक्षेप गरी तत्काल आयाल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग छ ।