काठमाडौ/ पछिल्लो समय विभिन्न सहकारी संस्थाले वचातकर्ताको रकम ठगेर भाग्ने गरेका समाचार आइरहेका छन् । बागमती प्रदेशमा मात्रै १२ वटा सहकारी संस्थाले कानुन विपरितकाकार्या गरी जनताको रकम हिनामिना गरेको पाइएको छ । जसको कारण जनताको करिब १ अर्ब १७ करोड बराबरको रकम फसेको छ ।
केही दिन अघि मात्र काठमाडौको पेप्सीकोलामा रहेको सराफी बचत तथा ऋण सहकारी संस्थामा दुई करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको खवर आएको छ । सो संस्थाले सर्वसाधारण बचतकर्ताहरुको दुई करोड २५ लाख रुपैयाँ रकम हिनामिना भएको हो ।
पछिल्लो पटक ओरियन्टल कोअपरेटिभ, आनन्दनगर, सिभिल सेभिङ्ग एण्ड क्रेडिटमा सर्वसाधारण बचतकर्ताहरुको अर्बो रुपैयाँ हिनामिना भएको पाइएको थियो । सिभिल सहकारीले जनाताको अर्वौ ठगेर पुलिसको चंगुलमा परिसकेको छ । अन्य सहकारी पनि आर्थिक हिनामिना गरी फरार रहेको स्रोत बताउँछ ।
गलत तरिकाले कारोबार गरेको र निक्षेपकर्ताको रकम समयमा फिर्ता नगर्ने ९४ वटा सहकारी बिरुद्ध सहकारी विभागमा उजुरी समेत परेको छ ।सहकारीले बचत फिर्ता नगरेको, बिना जानकारी धितो लिलामी गरेको र निक्षेपकर्ताको रकम अपचलन गरेको भन्दै सहकारी विभागमा उजुरी परेको हो ।
नेपालमा सञ्चालनमा रहेका कैयन सहकारीहरु यो सिद्धान्त र मूल्य मान्यता भन्दा बाहिर गएर सञ्चालनमा छन् ।
सिद्धान्त बाहिर भएर सञ्चालनमा भएकाले नै १२ वटा संस्था त समस्याग्रस्त भइसकेका छन् । त्यस्तै यि संस्थामा निक्षेपकर्ताको १ अर्ब १७ करोड बराबरको रकम फसेको छ । यसबाहेक ९४ वटा संस्थाको बारेमा सहकारी विभागमा उजुरी परेको छ । निक्षेपकर्ताको रकम फिर्ता नगरेको र रकम फिर्ता नगरेका यस्ता सहकारीमाथि विभागले अहिले छानवीन गर्दैछ ।
सहकारी सञ्चालकहरुले झुट्टा सदस्य तयार गरेर ऋण प्रवाह समेत गर्ने गरेका छन् । केहि सिमित सञ्चालकहरुले निक्षेपकर्ताको रकम चलाउने र अन्य सदस्यहरु ब्याजको लोभमा सहकारीका आन्तरिक गतिबिधीमा बेखबर हुँदा सहकारीबाट बिचल्ली पर्नेहरु दिनदिनै बढेका छन् ।
रकम अपचलन हुन नपाओस् भनेर सरकारले कोपोमिक्स सफ्टवेयरमा सबै सहकारीलाई आवद्ध हुन आगह गरेपनि अहिलेसम्म जम्मा ७ हजार मात्रै यसमा आवद्ध भएका छन् । सरकारले सबै सहकारीलाई कडाईका साथ कोपोमिक्समा आवद्ध हुन दवाव दिनु पर्छ ।
सहकार िविभागको तथ्याकं अनुसार अहिले देशभरमा करिब ३२ हजार ८ सय सहकारी सञ्चालनमा छन् भने यि सहकारीमा करिब ७ खर्ब बराबरको रकम जम्मा भएको छ । १ सय ४७ वटा सहकारी विभागले अनुगमन गरेपनि ति बाहेकका सहकारी आवश्यक मात्रै होइन दक्ष जनशक्ति नभएका स्थानिय निकाय र प्रदेशलाई जिम्मा दिइएको छ ।
प्रतिक्रिया