
कार्तिक १४,काठ्माण्डौं ।
प्राकृतिक विपत्तिबाट पिडितहरुका लागि बृहत रक्तदान गरिएको छ ।
कार्तिक १३ गतेका दिन नेपाली काँग्रेस केन्द्रिय खेलकुद विभाग तथा नेपाल लोकतान्त्रिक खेलकुद संघले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रगत संचार विभागको समन्वयनमा प्राकृतिक विपत्तिबाट पिडितहरुका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न गराएको छ ।
काठमाण्डौंको सानो गौचरण फूटबल मैदानमा हिजो दिउसो रगतदान कार्यक्रम आयोजना गरेको थियो ।

नेपाली कांग्रेस खेलकुद विभागका प्रमुक, विपत व्यवस्थापन संयोजक एवं पूर्व सुचना तथा सञ्चार मन्त्री श्री मोहन बहादुर बस्नेतको प्रमुख अतिथिमा सम्पन्न रगतदान कार्यक्रममा ३७ जनाले रगतदान गर्नु भएको थियो ।
प्रमुख अतिथि श्री मोहन बहादुर बस्नेतले कार्यक्रममा सम्बोधन गर्नु हुँदै ,”देशमा बाढी, पहिरो, डुबान र नदी कटान जस्ता प्राकृतिक बिपत्तिको कारणले विभिन्न समस्यामा पर्ने जनताका हितका निम्ति नेपाली कांग्रेस एवं यस अन्तर्गतका संगठन सदैभ जागरूक रहने” बताउनु भयो ।

प्रतिक्रिया