प्रधानन्यायाधीशलाई कार्तिक १७ गतेभित्र राजीनामा दिन बारको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ /प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एशोसिएसनले आइतबारदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको छ ।

शुक्रबार बसेको बारको बैठकले कात्तिक १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन गर्ने निणय गरेको हो ।

१७ गतेभित्र पनि प्रधानन्यायाधीश राणालाई राजीनामा दिन बारले चेतावनी दिएको छ। सो दिनसम्म राजीनामा नआए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बारले जनाएको छ । त्यस्तै बैठकले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न र निर्णय प्रक्रियामा सहभागी नहुन समेत आग्रह गरेको छ ।