काठमाडौ / शुक्रबार बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ ।
एमालेले संघीय निर्वाचन क्षेत्रमा रहेका संगठित सदस्य संख्याका आधारमा महाधिवेशन प्रतिनिधिको संख्या निर्धारण गरेको हो ।
कात्तिक २७ गते महाधिवेशन प्रतिनिधि छानिने एमालेले जनाएको छ। यसअघि एमाले स्थायी कमिटीले महाधिवेशन प्रतिनिधिको संख्या १५३६ राख्ने प्रस्ताव गरेको थियो।
शुक्रबार केन्द्रीय कमिटीमा केही नेताहरूले महाधिवेशन प्रतिनिधिको संख्या बढाउनु पर्ने माग गरेपछि संख्या बढाइएको हो ।
एमाले केन्द्रीय कमिटीको अर्को बैठक मंसिर ९ गते चितवनको सौराहामा बस्ने छ । एमालेको दशौं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ।
प्रतिक्रिया